हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

 

माघ २, काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 

यसअघि २६, माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन गएका ठकुरीको विभत्सव हत्या भएको थियो । सोही हत्या अभियोग लागेका युवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

नियन्त्रणमा लिने क्रममा उनी भाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली समेत चलाएको छ । उनको खुट्टामा गोली लागेको प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले जानकारी दिए । 

गिरीलाई उपचारका लागि कोहलपुर टिचिङ अस्पताल लगिएको छ । 

प्रहरीले घटनामा संलग्न भरत शाहीलाई भने केहीदिन अघि नै सुर्खेतबाट नियन्त्रणमा लिइसकेको छ । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =