राज्यले विर्सेका योगी नरहरीनाथः जसले पञ्चशिल विश्वविद्यालयको अवधारणा ल्याए

काठमाडौं, असार २३ । योगी नरहरीनाथको नामबाट २०७३ सालमा पशुपतिमा निर्माण भएको योगी नरहरीनाथः स्मृति पुस्तकालय तथा संग्रहालय सो क्षेत्रमा पुग्ने बित्तिकै आँखामा ठोकिने गर्छ । पशुपतिको पिंगलास्थानमा अवस्थित उक्त पुस्तकालयमा योगीले संकलन गरेर राख्नुभएका आयुर्वेद, इतिहास, भुगोल, सभ्यता आदि पुस्तकहरु संरक्षित छन् ।

योगीको जीवनकालमा उहाँले आफू बस्ने आश्रममा आयुर्वेद, इतिहास, भुगोल आदि विषयका पुस्तकहरु संग्रहित गर्दै आउनुभएको थियो । संग्रहालयले हाल विभिन्न किसिमका आयुर्वेदिक औषधिहरु विक्रीको काम समेत गरिरहेको छ ।  मानव शरीरका लागि आधुनिक प्रविधिबाट बनेका औषधिभन्दा आयुर्वेदिक औषधि बढी प्रभावकारी मानिन्छ । तर समाजमा चेतनाको स्तर कम भएका कारण औषधिको प्रयोग थोरै मात्र भएको पाइन्छ ।

बहुप्रतिभाका खानी योगी नरहरीनाथ
पुस्तकालयका संरक्षक योगी शिरीषनाथ भन्छन्, ‘योगी नरहरीनाथ ज्ञानको भण्डार नै हुनुहुन्थ्यो, उहाँको वर्णन गरिसाध्य छैन,’ नरहरीनाथका विषयमा उनी थप्छन्, ‘उहाँको नामबाट निर्मित संग्राहलय तथा पुस्तकालयमा सरकारले अहिलेसम्म पनि सहयोग गरेको छैन ।’ संग्रहालयमा निर्मित औषधि नेपालका विभिन्न जिल्लामा विक्री हुँदै आएको उनले बताए ।


कालिकोटको लालुगाउँमा वि.सं.१९७१ मा जन्मेका योगीको मृत्यु वि.सं.२०५९ सालमा मृत्यु भएको थियो । नेपालको इतिहासको खोजी पहिलोचोटी गर्नुहुने योगीले आफ्नो जीवनकालभरी आयुर्वेदिक चिकित्साको अध्ययन गर्नुका साथै थुप्रै पुस्तकहरु समेत प्रकाशन गरेका थिए ।

योगीमा आयुर्वेद, इतिहास, भुगोल, समाज, संस्कृतिबारे पूर्ण ज्ञान थियो ।उनले अरुलाई समेत ती ज्ञान दिने काम गरेका थिए । उनको नामबाट नेपालका थुप्रै ठाउँहरुमा आश्रमहरु समेत बनेका छन् । २००४ सालमा पशुपतिको गोरखनाथ मन्दिरको मठाधिस भएपछि उनले सामाजिक क्षेत्रमा थुप्रै योगदानहरु पु¥याएका थिए ।

क्यान्सर रोगको उपचारका लागि उनले गौमुत्रबाट आयुर्वेदिक औषधि समेत बनाउने काम सुरु गरेका थिए । जुन बजारमा पाइने अन्य औषधिभन्दा प्रभावकारी मानिन्छ ।  उनले २००९ सालमा पृथ्वीनारायण शाहको दिव्यदृष्टि उपदेशबारे पुस्तक लेखेका थिए । मठाधिस भइसकेपछि उनले २०२२ सालमा योग सम्बन्धि ११४ वटा योग प्रचारिणी ग्रन्थमाला समेत लेखेका थिए ।

पञ्चशिल विश्वविद्यालयः सरलाई राज्यले बुझेन
उनले बनाएको बृहत आध्यात्मिक परिषद्क २०२२ साल चैत १ गते राजा महेन्द्रबाट उद्घाटन भएको थियो । परिषद्को स्थापना पश्चातः आध्यामिक ज्ञानका विषयमा प्रचारप्रसारको काम सुरु भएको थियो ।आध्यात्ममा विशेष लगाव रहेका उनले देउघाटमा वृहत आध्यात्मिक सम्मेलन गरेका थिए ।


उनले २०३७ चैत नवरात्रीको अवसरमा वृहत साहित्यिक सम्मेलन विरगंजमा आयोजना गरेका थिए ।त्यतिबेला सरकारी खर्चबिना कोटीहोम सम्भव थिएन् । तर उनको प्रयासमा २०३७ सालमा देउघाटमाम जनताको १÷१ त्यान्द्रा परालबाट कोटीहोम महायज्ञ सम्पन्न भएको थियो ।

कोटीहोमका क्रममा खाडल खन्ने क्रममा उनले भगवान रामले ऋषि वशिष्टबाट गरेको कोटीहोमको यज्ञबारे पत्ता लगाउनुभएको थियो । सोही वर्ष नै देउघाटको बागिश्वरीमा प्रथम विश्व योग आयुर्वेद सम्ममेलन सम्पन्न गरेका थिए । उनले २०२२ चैत १ गते दाङमा संस्कृत विद्यालयको स्थापना गरेका थिए । उनले पञ्चशील विश्वविद्यालयको स्थापनाका लागि समेत सरकारलाई पहल गरेका थिए । उनको मृत्यु भइसक्दा पनि हालसम्म सरकारले विश्वविद्यालयको स्थापना गर्न सकेको छैन ।

अनुसन्धानमा रुचि
उनीबारे योगी शिरीषनाथ थप्छन्, ‘उहाँमा नयाँ–नयाँ विषयको खोजीको विशेष रुचि थियो ।’उनले पहिलोपटक पश्चिम कर्णाली भेगका अनुसन्धान गरेका थिए । साथै उनले इतिहासबारे अध्ययन गर्न इतिहास अनुसन्धान समितिको गठन समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =