राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सीः माथि सगरमाथा, बीचमा झण्डा, पुछारमा फुटबलको चिह्न

 

फागुन २०, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । 

आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका लागि केल्मीका आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपाने लगायतले प्रतीक चिह्न र जर्सी सार्वजनिक गरेका हुन् । 

null

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । ५७० प्रतिस्पर्धीलाई पछि बनाउँदै तिवारीको प्रतीक चिह्न उत्कृष्ट बनेको हो । कार्यक्रममा लोगो तयार गरेवापत एन्फाले तिवारीलाई रु ५० हजार पुरस्कार प्रदान गरेको छ । 

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिह्न छ । फुटबलमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रो पटक परिवर्तन भएको हो । यसअघि २०६२/६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्य भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =