उपत्यकाका सबै घुमुवा प्रहरी टोली परिवर्तन
२०७६ चैत १ गते

काठमाडौं । उपत्यकाका सबै घुमुवा प्रहरी टोली परिवर्तन गरिएका छन् । विभिन्न आपराधिक गतिविधिका सूचना संकलन गर्न नसकेको भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट घुमुवा टोली परिवर्तन गरेको हो ।
रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी इकाइमा लामो समयदेखि बसेर काम गरिरहेकाको सूचना संकलन क्षमताको प्रभावकारिता नदेखिएकाले सबै टोली परिवर्तन गरिएको बताएका छन् ।
उनले हटाइएकाको विकल्पमा नयाँ टोली राख्न मातहतका अधिकृतलाई निर्देशन दिइएको बताए ।
null
उपत्यकामा करिब ७४ जना घुमुवा खटिँदै आएका छन् । जसमा १७ जना अधिकृत र ५७ जना हवल्दार तथा जवान रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी गण, महाराजगञ्जमा पठाइएको बताइएको छ ।
२०७६ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








