दुुई न्यायधीशमाथि छानविन सुरु, अरु दुुईलाई स्पष्टिकरण

काठमाडौँ। न्याय परिषद्ले गम्भीर उजुरी परेका दुई न्यायाधीशमाथि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ। 

परिषद्को बुधबारको बैठकले सर्वोच्चका न्यायाधीश डा आनन्द मोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो। समिति सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र न्यायाधीश टेकप्रसाद ढुंगाना सदस्य छन्।   

गम्भीर उजुरी परेका न्यायाधीशद्वय विश्वमंगल आत्रेय र ओमकार उपाध्यायका उजुरीबारे छानबिनका लागि भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। जिल्ला अदालत ललितपुरमा कार्यरत रहँदा थुनछेक आदेश लगायतमा गम्भीर न्यायिक विचलन गरेको आरोप आत्रेयमाथि लगाइएको छ। आरोपितहरू परिषद्को काजमा छन्।  

null

यस्तै, परिषद्ले यसअघि ३३ किलो सुन प्रकरणको थुनछेक आदेश र पेसी व्यवस्थापनका विषयमा उच्च अदालतमा विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ६ जनालाई छानबिनका लागि परिषद् तानेको थियो। छानबिन समिति बनाएर उक्त प्रकरणको अनुसन्धान भइरहेको छ।   

परिषद्ले न्यायाधीशद्वय राजेश काफ्ले र महम्मद जुनैद आजादसँग स्पष्टीकरण माग गरेको छ। सात दिनभित्र स्पष्टीकरण पेस गर्न उनीहरूलाई निर्देशन दिइएको हो। काफ्ले सर्लाही जिल्ला अदालतमा कार्यरत छन्। यस्तै, आजाद भक्तपुर जिल्ला अदालतमा कार्यरत छन्। 

अन्य न्यायाधीशविरुद्धका उजुरी भने तत्काललाई तामेलीमा राखिएका छन्।  

परिषद्ले काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद शर्मा नेपाललाई जिल्ला अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =