ओलम्पिक छनोट: नेपाल दोस्रो खेलमा भारतसँग पराजित

काठमाडौं, २३ चैत्र । शनिबार म्यानमारमा सम्पन्न ओलम्पिक महिला छनोट फुटबलमा नेपाल पुनः भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । यसअघि विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । 

नेपालले भारतमै भएको हिरो गोल्डकपमा भने भारतलाई हराएको थियो । ओलम्पिक छनोटमा भने नेपालले बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपमा नेपाललाई हराएको भारतले ओलम्पिक छनोटमा पनि नेपालमाथि आफ्नो प्रभाव जमाइछाड्यो ।शनिबारको खेलमा नेपाली खेलाडी पुनम जर्गा मगरको आत्मघाती गोलबाट भारतले अग्रता लिएको थियो । मगरले छैटौँ मिनेटमा आत्मघाती गोल गरेकी थिइन् । त्यसको एक मिनेटमै निरु थापाले गोल गरी खेललाई बराबरीमा पुर्याइन् । पहिलो हाफ बराबरीमै रोकियो ।तर, खेलको ६० औँ मिनेटमा नेपालप्रति हावी हुँदै भारतले २–१ को अग्रता लियो । पुनः ७८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भारतले ३–१ को जित निकाल्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =