वर्षाका कारण घर भत्किदा कैलालीमा एकको मृत्यु
२०७४ जेठ १५ गते

“
धनगढी, असार १८ । कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा अविरल बर्षाका कारण कच्ची घर भत्किंदा १ जनाको मृत्यु भएको छ ।
धनचौरीकी ६२ वर्षीया दुथा रानाको घरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घरमा सुतेको बेला राति करिब १ बजेतिर घर भत्केको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घर भत्किंदा मृतकका श्रीमान ६५ वर्षीय कडेवा राना सामान्य घाइते भएको उनले जानकारी दिए ।
कैलाली लगायत सात नम्बर प्रदेशका सबै जिल्लामा आइतवार रातिदेखि अविरल बर्षा भइरहेको छ । वर्षाका कारण यस क्षेत्रका केही नदीनालाहरुमा जलस्तर बढेको छ ।
महाकाली, कर्णाली, मोहना र खुटिया लगायतका खोलाहरुमा पानीको जलस्तर बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








