वर्षाका कारण घर भत्किदा कैलालीमा एकको मृत्यु

धनगढी, असार १८ । कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा अविरल बर्षाका कारण कच्ची घर भत्किंदा १ जनाको मृत्यु भएको छ ।

धनचौरीकी ६२ वर्षीया दुथा रानाको घरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घरमा सुतेको बेला राति करिब १ बजेतिर घर भत्केको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घर भत्किंदा मृतकका श्रीमान ६५ वर्षीय कडेवा राना सामान्य घाइते भएको उनले जानकारी दिए ।

कैलाली लगायत सात नम्बर प्रदेशका सबै जिल्लामा आइतवार रातिदेखि अविरल बर्षा भइरहेको छ । वर्षाका कारण यस क्षेत्रका केही नदीनालाहरुमा जलस्तर बढेको छ ।

महाकाली, कर्णाली, मोहना र खुटिया लगायतका खोलाहरुमा पानीको जलस्तर बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *