अब सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने, लिए यस्तो कारबाही

 

साउन १७, काठमाडौं । अब देशभरका सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । 

सहकारी संस्थाहरुले मनलाग्दी ब्याज असुलीरहेका बेला सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले साउन १९ (आइतबार) देखि नै लागु हुने गरी सहकारीको नयाँ ब्याजदरको सीमा तोकिदिएको हो । 

null

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएको आधार र सामान्य भार समेतको आधारमा सो ब्याजदर निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था गरिएको छ । 

यदि कर्जामा १६ प्रतिशत भन्दा बढी ब्याज लिए सहकारी ऐन २०७४ अनुसार कारबाही हुने विभागले जनाएको छ । 

एनेको १२४ मा व्यवस्था गरिएअनुसार नगरे दफा १२५ अनुसार कारबाही हुनेछ । ऐन अन्तर्गत बनेका नियमविपरीत सदस्यसँग ब्याज लिएमा, ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =