मासिक वृद्ध भत्ता ५ हजार पुग्छः उपप्रधानमन्त्री पोखरेल

माघ २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेकपाकै कार्यकालमा मासिक वृद्ध भत्ता ५ हजार पुग्ने बताएका छन् ।
आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा नै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
null
उनले सरकारले रोजगारीको अवसर सिर्जना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको पनि जानकारी गराए ।
काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिव ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरी सोही घरबाट वडा कार्यालयको काम सुरु गरिएको हो।
बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।








