कालोपत्रे गरेको दुई साता नपुग्दै भत्कियो सडक

कञ्चनपुर, ३० जेष्ठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्किएको छ । कृष्णपुर नगरपालिकाले वडा नम्बर १ बण्डस्थित कालोपत्रे गरेको सडक दुई साता नपुग्दै भत्किएको हो । कालोपत्रे भत्किएपछि त्यसलाई ढाकछोक गर्न कालोपत्रे माथिबाट ग्राभेल हालिएको छ । 

 

सडक निर्माणका लागि अपि निर्माण सेवासँग १३ लाख ८० हजार रुपैयाँमा गत बैशााखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएलगत्तै काम सुरु गरिएको सडकमा ठेकेदारले मापदण्डअनुसार काम नगरेकाले दुई साता नपुग्दै कालोपत्रे भत्किएको स्थानीयले बताएका छन् । 

null

स्थानीयका अनुसार नगरपालिका कार्यालयले भने सडक गुणस्तरिय रहेको भन्दै सडक फराकिलो बनाउन छेउमा ग्राभेल हालिएको बताउने गरेको छ । उता कृष्णपुर नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम बोगटीले भने भत्किएको सडकखण्ड बारे आफूलाई जानकारी नभएको बताउँदै प्राविधिकसँग बुझ्नुपर्ने बताए । ५ मिटर चौडाइसहित २ सय २३ मिटर लम्बाइ रहेको सो सडकखण्डको दुबैतर्फ ग्राभेल सडक छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =