बलिउड संजय दत्तले मान्यतासँग बिवाह गरेको १२ वर्ष पूरा

माघ २९, काठमाडौँ । बलिउड स्टार संजय दत्तले श्रीमती मान्यतासँग बिवाह गरेको १२ वर्ष पुगेको छ । आफ्नो बिवाहको बर्षगाँठको अवसर पारेर संजय दत्तले श्रीमती मान्यतालाई सामाजिक संजाल मार्फत बधाई दिएका छन् ।
उनले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो र मान्यताको केही तस्बिर सेयर गर्दै लेखेका छन् । ‘थाहा छैन, तिमीबिना म के गरुँला, ह्याप्पी एनिभर्सरी ।’
यसको जवाफमा मान्यताले पनि ‘हार्ट शेप’ को इमोजीमार्फत् कमेन्ट गरेर आफ्नो प्रेम देखाएकी छिन् ।

त्यसपछि मान्यताले पनि इन्स्टाग्राममा संजयसँगको एउटा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘जस्तोसुकै परिस्थितीमा तपाईंलाई साथ दिने व्यक्ति तपाईंकै छेउमा छन् भनेर महसुस हुनुजस्तो ठूलो भावना अरु केही हुनै सक्दैन । ’
मान्यतासँग संजयले सन् २००८ फेब्रुअरी ११ मा विवाह गरेका थिए । मान्यता संजयको तेस्राे श्रीमती हुन् । यी दुईका जुम्ल्याहा सन्तान (छोरा शाहरान र छोरी इकरा) छन् । मान्यता संजय भन्दा लगभग १९ वर्ष कान्छी छिन् ।








