बलिउड संजय दत्तले मान्यतासँग बिवाह गरेको १२ वर्ष पूरा

माघ २९, काठमाडौँ । बलिउड स्टार संजय दत्तले श्रीमती  मान्यतासँग बिवाह गरेको १२ वर्ष पुगेको छ ।  आफ्नो बिवाहको बर्षगाँठको अवसर पारेर  संजय दत्तले श्रीमती मान्यतालाई सामाजिक संजाल मार्फत बधाई दिएका छन् ।   

उनले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो र मान्यताको केही तस्बिर सेयर गर्दै लेखेका छन् ।  ‘थाहा छैन, तिमीबिना म के गरुँला, ह्याप्पी एनिभर्सरी ।’ 

यसको जवाफमा  मान्यताले पनि  ‘हार्ट शेप’ को इमोजीमार्फत् कमेन्ट गरेर आफ्नो प्रेम देखाएकी छिन् ।   

Image result for sanjay dath with wife manayeta

त्यसपछि मान्यताले पनि इन्स्टाग्राममा संजयसँगको एउटा तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘जस्तोसुकै परिस्थितीमा तपाईंलाई साथ दिने व्यक्ति तपाईंकै छेउमा छन् भनेर महसुस हुनुजस्तो ठूलो भावना अरु केही हुनै सक्दैन । ’ 

मान्यतासँग संजयले  सन् २००८ फेब्रुअरी ११ मा विवाह  गरेका थिए । मान्यता संजयको तेस्राे श्रीमती हुन् । यी दुईका  जुम्ल्याहा सन्तान (छोरा शाहरान र छोरी इकरा) छन् । मान्यता संजय भन्दा लगभग १९ वर्ष कान्छी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =