राजपा दुई भागमा विभाजित

मसिंर ८ विराटनगर ।  राष्ट्रिय जनता पार्टी नेपाल मोरङको जिल्ला कार्यसमिति दुई भागमा विभाजित भएको छ । मधेशी मोर्चा आवद्ध ६ पार्टी मिलेर बनेको राजपा मोरङमा  चक्रिय प्रणालीमा आलोपालोमा संयोजक पद हस्तारण हुँदै आईरहेको थियो । 

पार्टीले अप्नाएको चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक पद हस्तान्तरणमा उत्पन्न भएको विवादले  जिल्ला कार्य समिति दुई भागमा विभाजित भएको हो । पद हस्तान्तरण पक्रियमाम आपसी तालमेल नमिल्दा उत्पन्न भएको विवादले मोहमद कादिर र लक्ष्मण साहको अध्यक्षतामा दुईवटा जिल्ला कार्यसमिति चयन भएको छ ।   

विराटनगरमा शनिबार आयोजना पत्रकार सम्मेलन आयोजना गरि  कादिरले आफूले केन्द्रीय कमिटिको निर्णय अनुसार मोरङ जिल्लाको चार जना अध्यक्ष मण्डलको समर्थनमा जिल्ला अध्यक्ष भएको दावी गरेका छन् । 

null

उनले ५१ जिल्ला सदस्य मोरङ जिल्ला कार्यसमिति चयन  भएको पत्रकार सम्मलेनमा जानकारी दिए । उता लक्ष्मण साहको अध्यक्षतामा अर्को जिल्ला कार्यसमितिको घोषणा  भएको छ । लक्ष्मण साह तत्कालीन सद्भावना पार्टीका सक्रिय नेता हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =