राजपा दुई भागमा विभाजित

मसिंर ८ विराटनगर । राष्ट्रिय जनता पार्टी नेपाल मोरङको जिल्ला कार्यसमिति दुई भागमा विभाजित भएको छ । मधेशी मोर्चा आवद्ध ६ पार्टी मिलेर बनेको राजपा मोरङमा चक्रिय प्रणालीमा आलोपालोमा संयोजक पद हस्तारण हुँदै आईरहेको थियो ।
पार्टीले अप्नाएको चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक पद हस्तान्तरणमा उत्पन्न भएको विवादले जिल्ला कार्य समिति दुई भागमा विभाजित भएको हो । पद हस्तान्तरण पक्रियमाम आपसी तालमेल नमिल्दा उत्पन्न भएको विवादले मोहमद कादिर र लक्ष्मण साहको अध्यक्षतामा दुईवटा जिल्ला कार्यसमिति चयन भएको छ ।
विराटनगरमा शनिबार आयोजना पत्रकार सम्मेलन आयोजना गरि कादिरले आफूले केन्द्रीय कमिटिको निर्णय अनुसार मोरङ जिल्लाको चार जना अध्यक्ष मण्डलको समर्थनमा जिल्ला अध्यक्ष भएको दावी गरेका छन् ।
null
उनले ५१ जिल्ला सदस्य मोरङ जिल्ला कार्यसमिति चयन भएको पत्रकार सम्मलेनमा जानकारी दिए । उता लक्ष्मण साहको अध्यक्षतामा अर्को जिल्ला कार्यसमितिको घोषणा भएको छ । लक्ष्मण साह तत्कालीन सद्भावना पार्टीका सक्रिय नेता हुन् ।








