एसईईमा राम्रो नतिजा नआएपछि दुई छात्राद्वारा आत्महत्या प्रयास

“
धरान, असार १२ । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सोचेजस्तो नतिजा नआएपछि झापाका दुई छात्राले पर्यटकीय क्षेत्र धनकुटाको भेडेटार पुगेर विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।
झापा विर्तामोड र बुधबारेकी १७ वर्षीया छात्राद्वयले गत आइतबार धनकुटाको भेडेटारमा घुम्ने बाहानामा त्यहा पुगी विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् ।
उनीहरुले कुन प्रकारको विष सेवन गरेको भन्ने हालसम्म खुल्न सकेको छैन् । उनीहरु मध्ये एकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिष्ठान प्रहरी पोष्टका अनुसार विष सेवन गर्ने मध्ये एक छात्राको मेडिसिन–२ मा उपचार भइरहेको छ भने एक छात्रालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रिफर गरिएको छ ।
विष सेवन गरेको थाहा पाएपछि उनीहरुलाई तत्कालै प्रहरीले उद्दार गरी उपचारको लागि प्रतिष्ठानमा ल्याएको थियो ।
एता सुनसरी जिल्लाको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।
सुनसरीको बराह नगरपालिका–९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीको सोमबाराति जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो । चौधरीको उपचारका क्रममा ज्यान गएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ ।
“








