पानामाविरुद्ध ह्यारी केनको ह्याट्रिक, रोनाल्डो र लुकाकुलाई पछि पारे
२०७४ जेठ १५ गते

“
काठमाडौँ । इङ्ल्यान्डका कप्तान ह्यारी केनले पानामाविरुद्ध ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । केनको ह्याट्रिक जारी विश्वकपको दोश्रो हो ।
यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गरेका थिए । तर केनले सर्वाधिक गोलकर्तामा रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुलाई पछि पारेका छन् । पानामाविरुद्ध पेनाल्टिमा दुई गोलसहित ह्याट्रिक पूरा गरेका हुन् ।
यसअघि समान खेलमा बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान ४ गोल गरेका छन् । २२ औं मिनेटमा पहिलो हाफको इन्जुरी समयमा केनले पेनाल्टि प्रहार गरेका थिए । दोस्रोहाफको ६२ औं मिनेटमा गोल थपेका हुन् ।
समूह ‘जी’अन्तर्गत पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलले हराएको इङ्ल्यान्डले पानामालाई ६–० ले पछि पारेको छ । यस खेलमा विजयी भए बेल्जियम र इङ्ल्याण्ड यो समूहबाट नकआउट चरणमा पुग्नेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया








