विश्वकप क्रिकेट : न्यजिल्यान्डको लगातार दोस्रो जित

एजेन्सी । विश्वकप क्रिकेटमा न्यजिल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै दोस्रो जित हात पारेको हो ।
न्युजिल्यान्डका लागि रोस टेलरले ८२ रन बनाउँदै टिमलाई जित दिलाए । त्यस्तै, कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २/२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर सकिन चार बल बाँकी रहँदा सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो ।
null
बंगलादेशका लागि सकिब अल सहनले ६४ रन बनाए । त्यस्तै, मोहम्मद शैफुदिनले २९, मोहम्मद मिथुनले २६ र सौम्या सरकारले २५ रन बनाए । बलिङर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिए । यो न्युजिल्यान्डको दोस्रो जित हो । यसअघि न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यता, बंगलादेशको भने यो पहिलो हार हो । यसअघि भएको खेलमा बंगलादेशले दक्षिण अप्रिmकालाई पराजित गरेको थियो ।








