ओलम्पिक छनोट: नेपालले पहिलो खेल आज म्यानमारसँग खेल्दै

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १(१ गोलको बराबरी खेलेको थियो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ । 

 

null

सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, छनोटको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । 

यस्तो छ नेपाली टिमगोलकिपर: एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथडिफेन्डर: हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बुमिडफिल्डर: अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसीफरवार्ड: निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =