चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं, असार १० । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किदैछ । नेपाली टोली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौंसम्म रेल ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच गएको विहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको हो । सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ ।

प्रधानमन्त्री ओली हिजो  नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको थियो । नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =