साहारा घरलाई साइनिङ्ग स्टार स्कुलको सहयोग

“
बौनीया, असार ८ । कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नं. १ मा रहेको साईनिङ्ग स्टार इंग्लीस स्कुलले बर्दगोरिया गाउपालिका २ बर्दगोरिया मा असहायका लागी सहयोगी हातहरु नेपालद्धारा सञ्चालीत साहारा घरमा पुगी सहयोग गरेको छ ।
शुक्रबार बिहान बिद्यार्थीहरुको समुहसंगै त्यहाँ पुगेको विद्यालयका प्रिन्सीपल भरत ताम्राकार लगायतको समुहले साहारा घरलाई १ कठ्ठा चामल प्रदान गर्दै सहयोग को सुरुवात गरेको बिद्यालयका प्रिन्सीपल भरत ताम्राकारले जानकारी दिएका छन् ।
ताम्राकारका अनुसार बिद्यालयले आगामी दिनमा समेत साहारा घरलाई आफ्नो बिद्यालय र व्यक्तीगत तवरबाट निरन्तर सहयोग रहने कुरा जनाएका छन् । ताम्राकार आधुनिक गायक पनि हुन् ।
बर्दगोरिया गाउपालिका भित्र ताम्राकार को एक छुट्टै पहिचान समेत बिगत लामो समय देखि रहदै आइरहेको छ । साहारा घरका संस्थापक वल बहादुर बिष्टका अनुसार हाल साहारा घरमा करीब ३० जना असहाय, बेसहाराहरु आश्रय लिइरहेका छन् ।
“








