आईपीएलमा आज सन्दीपको टिम दिल्ली क्यापिटसँग प्रतिस्पर्धा गर्दै

चैत्र २४, काठमाणडाैँ । ईण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडी सन्दीप लामिछाने सहितको टीम आज दिल्ली क्यापिटसँग प्रतिस्पर्धा गर्नेछन् । दिल्लीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आवद्ध रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्नेछन् ।
४ अंकसहित तालिकाको छैठौं स्थानमा रहेको दिल्लीले अंकविहीन रहेको बैंगलोरसँग प्रतिस्पर्धा गर्न लागेको हो । जारी प्रतियोगितामा दिल्लीले खेलेका ५ खेल मध्ये २ मा जित र ३ मा हार व्यर्होनु परेको छ । बैंगलोरले अहिलेसम्म एउटा पनि जति दर्ता गराउन सकेको छैन् । बैंग्लोरलाई पराजित गरे दिल्ली लिगको दोस्रो स्थानसम्म आउन सक्नेछ ।
null
आज बेलुका सवा ४ बजे दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार एम चिन्नास्वामी स्टेडियम बैंगलोरमा हुनेछ । सनराईर्जस हैदरावादसँगको खेलमा सन्दीपले उत्कृष्ठ प्रदर्शन गर्न नसकेपछि आज उनले खेल्न पाउछ कि पाउँदैनन् भन्ने टुंगो लागेको छैन् ।
त्यस्तै आजै अर्को खेल राजस्थान रोयल्स र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ। उनीहरुबीचको खेल राति सवा आठ बजेदेखि सवाई मानसिंह स्टेडियम जयपुरमा हुनेछ । अंक तालिकाको तेस्रो नं.मा रहेको कोलकता नाइटराइडर्सले अंक तालिकाको सातौं नम्बरमा रहेको राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछन्








