११ जना बास्केटबल खेलाडीलाई डिपो स्कुलको छात्रवृत्ती

असार ३१, सुनसरी । सुनसरीको धरान १८ स्थित रहेको डिपो स्कुलले बास्केटबल खेलाडीहरुलाई सोमबार छात्रवृत्ती प्रदान गरेको छ । जिल्ला बास्केटबल संघ, सुनसरी र धरान बास्केटबल संघ, धरानको सिफारिसमा ११ जना महिला पुरुष खेलाडी विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । 

सहभागीहरु मध्य भर्खरै बंगलादेशमा सम्पन्न १६ वर्ष मुनिका साउथ एसियन बास्केटबल च्याम्पियनसिपमा नेपाल टिममा पर्न सफल वैभव योगी कुवर एक जनालाई शत प्रतिशत, चार जनालाई ७५ प्रतिशत र ६ जनालाई ५० प्रतिशत छात्रवृत्ती प्रदान गरिएको हो । 

 

null

७५ पतिशत छात्रवृत्ती प्राप्त गर्ने खेलाडीहरुमा रुपेश राई, लाक्पा तामाङ, रोहन श्रेष्ठ र लियालिसा श्रेष्ठ रहेका छन् । ५० प्रतिशत छात्रवृत्ती प्राप्त गर्ने खेलाडीहरु युरेका राई, यन्जल खनाल, दिक्षा लिम्वु, मलिका राई, नुप राई र भावना लिम्वु रहेको छन् । 

डिपो स्कुल कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरि डिपो स्कुल, सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघका पदाधिकारीहरुले सम्झौता पत्र एकआपसमा हस्तान्तरण गरेका थिए । नगर खेलकुद विकास समिति, धरान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुवास राईको रोहवरमा सम्झौता भएको हो । 

सम्झौता पत्रमा डिपो स्कुलका तर्फबाट विद्यालयका कार्यसमिति अध्यक्ष श्रवणकुमार लिम्वु, क्याम्पस प्रमुख राजकुमार राई, क्याम्पस वार्डन खड्कप्रसाद लिम्वु, बास्केटबल संघका तर्फबाट नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदी र प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा छात्रवृत्ती प्राप्त खेलाडीहरुले मुख्य रुपमा अनुशासित हुन पर्ने, अनिवार्य रुपमा परिक्षामा पास हुनु पर्ने र विद्यालय र बास्केटबल संघको निति नियम अनुसार बास्केटबल खेल्नु पर्ने वा प्रतियोगितामा सहभागी हुनपर्ने उल्लेख गरिएको छ । 

बास्केटबल खेल विकास तथा खेलाडीलाई प्रोत्साहन गर्नको लागि छात्रवृत्ती कार्यक्रम अघि सारिएको संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले बताए । हाल दुई दर्जन भन्दा बढी बास्केटबल खेलाडीहरु संघको सिफारिसमा धरानका विभिन्न कलेजमा अध्यन गरिरहेको सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =