विश्वकप फुटबलमा अाज पनि तीन खेल हुने (खेल तालिकासहित)

काठमाडौं, असार ६ । विश्वकप फुटबलकाे आज सातौं दिन । आज पनि तीन खेल हुदैछ । दोस्रो चरणको खेल अन्तर्गत समुह ‘ए’ बाट उरुग्वे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो । अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ ।

दोस्रो खेलमा समुह बीबाट पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साझ पौने ६ बजे सूरु हुनेछ । समुह चरणको खेलमा स्पेनविरुद्ध ३–३ गोलको बराबरी खेलेको पोर्चुगललाई अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन जित आवश्यक छ ।

मोरक्को समेत पहिलो खेलमा पराजित भएकाले क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध जित चाहन्छ । आजै हुने तेस्रो तथा अन्तिम खेलमा सन् २०१० को विश्व विजेता स्पेनले इरानसंग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सूरु हुनेछ ।

पहिलो खेलम जित निकालेको इरान समुह चरणको दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ । तर उत्कृष्ट प्रर्दशन गर्दै पोर्चुगलविरुद्ध ३ गोल बर्साएको स्पेन डिफेन्समा जोड दिदै महत्वपुर्ण तीन अंक जोड्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *