आज फागुन ११ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन ११। आइतबार। इ.स. २०२० फेब्रुवरी २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। औंसी, २०:०३ उप्रान्त प्रतिपदा। नक्षत्र– धनिष्ठा, १३:११ बजेउप्रान्त शतभिषा। योग– परिघ, ७:२४ बजेउप्रान्त शिव। करण– चतुष्पद, ७:१७ बजेदेखि नाग, २०:०३ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी ५ पला। पञ्चक। अमावश्या। दर्शश्राद्ध। हलो र निशि बार्ने औंसी। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार, व्यवसायमा लाभ हुनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आत्मिक सन्तुष्टिपनि मिल्ला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हातपार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पैसापनि फस्न सक्नेछ, तर घर व्यवहारको समस्या हल हुनेछ ।  

-ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =