संसद बैठकमा मन्त्रीहरु नआएपछि बैठक स्थगित

काठमाडौं, असार, ३ । विभिन्न चार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलको कार्यसूची रहेपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरु नै उपस्थित नभएपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि संसदमा छलफल भइरहेको थियो।

संसदको कामकारबाही अघि बढाउन कम्तीमा एकजना मन्त्री उपस्थित हुनुपर्छ। तर महिला तथा बालबालिका मन्त्री थममाया थापा संघीय मामिला लालबाबु पण्डित सहरी विकास मोहमद इस्तियाक राई र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत उपस्थित भएनन्।

प्रतिनिधि सभा नियमावलीको परिच्छेद २ को ६ को ५ बमोजिम छलफल हुँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको अनिवार्य उपस्थिति हुनु पर्ने छ।

छलफल भईरहेका मन्त्रालयका कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएको भन्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले बैठक चल्न नसक्ने जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

मन्त्रिपरिषदको बैठक रहेको भन्दै मन्त्रीहरु संसदमा उपस्थित नभएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =