कोरोनाको नया र्याप गीत बजारमा (म्युजिक भिडियाे सहित)

बैशाख २, काठमाडाैं । जिबेश गुरुङले गीत संगित मार्फत समाजमा काेराेना भाइरसकाे जनचेतना फैलाएका छन । उनले भाग कोरोना नामक सचेतना मुलक र्याप गीत युटुयुव मार्फत सार्वजनिक गरेका छन ।   

जिवेश गुरुङको निर्देशनमा तयार भएकाे म्युजिक भिडियाेकाे गीतमा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले आवाज दिएका छन । गीतकाे शब्द सापकोटाले नै लेखेका हुन। अहिले सामाजिक सञ्जालमा कोरोना भगाउन गरिएको क्रियाकलापहरु पोष्ट भईनै रहेकोमा गुरूङले सोही कृयाकलापलाई मिसाएर भाग्जा कोरोना नामक र्याप गीत बनाएका हुन ।  गीतमा घरमै बसेर काेराेना भगाउन सहयाेग गर्न सकिने उल्लेख गरिएकाे छ । 

सरकारले जारी गरेको लकडाउनको बेवास्ता गर्ने, परम्परावादी सोचबाट यसलाई भगाउने भन्दै विभिन्न कर्तुत गर्ने र लकडाउनको दूरुपयोग गरी अफवाह फैलाउन खोज्नेहरुलाई समेत गीतबाट ब्यंग्य गरिएको छ । 

गितमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भुमिका रहेको छ भने रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी,कलाकार दुर्गेश थापा, गायक टंक तिमल्सिना, चक्र बम, हास्य कलाकार उमेश राई (फुलेन्द्रे कि आमा) को समेत अभिनय रहेको छ। 

विन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको गीतमा बिपिन आचार्यले संगित संयोजन गरेका छन । टेकेन्द्र साहको सम्पादन र डम्बर राईको छायांकन रहेको गीतको प्रोजेक्ट कोअर्डिनेटर समिर नेपाल रहेका छन् ।   

हेर्नुहाेस भिडियाे 

https://youtu.be/PEX0ok1TWeU 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =