आईतबार देखी बेपत्ता भारतिय बिमान अझैं पत्ता लाग्न सकेन

 

जेठ २१, भारत ।  आईतबार देखी बेपत्ता भनिएको भारतिय एनए–३२ विमान अझै पत्तो लाग्न सकिएको छैन । 

उक्त बिमानको खोजी कार्यको लागि वायु सेनासँगै स्थल सेना पनि परिचालन गरिएको भारतीय मिडियाले उल्लेख गरेको छ । 

null

८ चालकदल सहित ५ यात्री गरी १३ जना सवार उक्त बिमान आईतबार असमको जोरहाटबाट १२ः३० बजे उडान भरेको र चीनको सीमा नजिकै बाट सम्पर्क बिहिन हुन पुगेको हो । बिमान १ बजे सम्म एयरपोर्टसँग सम्पर्कमा रहेको र त्यसपछी भने बिमान सम्पर्क बिहिन हुन पुगेको भारतिय मिडियाले जनाएको छ । 

उक्त बिमानको खोजीकार्य आईतबार रातभर र सोमबार दिनभर तथा रातभर खोजी भएको र आज पनी खोजीकार्य जारी रहेको खबर प्राप्त भएको छ । 

उक्त विमानको खोजतलासको लागि विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर तथा स्थल सेनाका अत्याधुनिक हेलिकप्टर प्रयोग गरिएको भारतिय मिडिले जनाएको छ । 

  

  

  

  

। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =