५० हजारमा ईज्जत फाल्ने सुवेदी विरुद्ध मुद्धा दायर

काठमाडौं,जेठ २९ । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, इनरुवा, सुनसरीका इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदी विरुद्ध घुस खाएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

सुवेदीले श्री आधारभूत विद्यालय, भन्टावारीका लागि विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तर्गत बजेट पारि दिने प्रलोभन देखाइ घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले  उनलाई नियन्त्रणमा लिएको हो ।

निजलाई रु ५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त टोलीले नियन्त्रणमा लिएको हो ।

सुवेदीमाथि अनुसन्धान हुँदा निजले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रु ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबि लिइ मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =