सांसद दवाडीको तलबभत्ता विकास निर्माणमाः भने, ‘व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन’

 

माघ ९, गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । 

सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गर्नुभएको हो । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट नेपाली काङ्गेसका तर्फबाट निर्वाचित हुनुभएका सांसद दवाडीले तलब भत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको जानकारी दिए । त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेको उनले बताए । 

null

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारबाट तलबभत्ताबापत प्राप्त रकममा थप रु चार लाख ९० हजार ९०५ थप गरी एक वर्षको अवधिमा कूल रु १२ लाख २१ हजार २२० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिए । 

‘मैले निर्वाचनमा जितेलगत्तै सांसद भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए’, उनले भने, ‘मैँले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।’ 

सांसद दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =