अवैध रुपमा राखिएको ठूलो परिमाणमा मदिरा बरामद

पुस १७, लहान । नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गोल्डेनओक १५ बोतल बरामद गरेको हो । 

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित विष्णुदेव साहको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र एक हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१ बाट करीब ५० हजार मूल्य बराबरको अवैध समान बरामद गरेको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =