बिग्रिएको भिसिसिएस परिवर्तन गरेपछि त्रिभुवन विमानस्थलबाट उडान सुरु
२०७५ पुस २४ गते

पुस २४, काठमाडौँ । सञ्चार उपकरण बिग्रिएका कारण प्रभावित बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चाल भएको छ ।
भिसिसिएस उपकरणको एरिया र एप्रोचमा समस्या आएका कारण दुई घण्टादेखि प्रभावित बनेको उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अवतरणमा भने कुनै समस्या आएको थिएन ।
null
विमानस्थलको भिसिसिएस उपकरण बिग्रिँदा मंगलबार बिहान ९ बजेदेखि उडान प्रभावित भएको थियो। उक्त उपकरण परिवर्तन गरी केहीबेर अघिदेखि उडान सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ।
काठमाडौं उपत्यकाभित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गरेतापनि बाहिरी क्षेत्रका लागि भने भीसीसीएस उपकरण आवश्यक हुन्छ ।
२०७५ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








