मृगौला पिडितलाई सभासदको सहयोग

“
धरान, जेठ २४ । दुबै मृगौला खराब भई सुनसरीको धरानमा उपचाररत्त रहेकी एक बिरामीलाई सुनसरी क्षेत्र नं १ की समानुपातिक सासंद उमिता बराईले नगद सहयोग गरेकी छिन् । सभासद बराईलीले ब्यक्तिगत नगद ५ हजार रुपैया सहयोग गरेकी हुन् ।
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारत बराह नगरपािलका वडा नं ३ की ३६ बर्षिया बिमला बिश्वकर्मालाई भेट गरेर सभासद बराईलीले सो नगद सहयोग गरेकी हुन् ।
गत १ बर्ष अगाडी बिरामी भएपछि बिश्वकर्मालाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । सोही क्रममा बिश्वकर्माको मृगौलामा समस्या भएको प्रमाणित भएको हो ।
बराहक्षेत्रमा आफना पुख्यौली १० धुर घर जग्गा भएपनि बिरामीकै उपचारमा खर्च भएको र अबको दिनमा थप रकमको आवश्यकता परेकाले समेत थप रकम सहयोग गरिदिनुहुन बिश्वकर्माका श्रीमाले अनुरोध समेत गरेका छन ।
सहयोग गर्न चाहनुहुने महानुभावहरुले उनको मोबाईल नम्बर ९८२३०९०६०१ मा सम्पर्क गर्न सकिने बिश्लकर्माले जानकारी दिएका छन् । बिश्वकर्माको उपचारमा हालसम्म लाखौ रुपैयाँ खर्च भईसकेको छ ।
“








