संयुक्त यूवा क्लब सिमरिया फाइनलमा

सुनसरी, जेठ २३ । सुनसरीको दुहवी ७ स्थित भलुवामा जारी छैठौं भलुवा गोल्डकपको वुधवार भएको पहिलो सेमी फाइनल खेलमा संयुक्त यूवा क्लब सिमरिया विजयी भएको छ । झापा ११ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै संयुक्त वुया क्लब फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ३७ औ मिनेटमा संयुक्त यूवा क्लब सिमरियाका जर्सी नम्वर १२ का खेलाडी गणेश हेमरोनले पहिलो गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाए ।

खेलको दोश्रो हाफको १३ औं मिनेटमा झापा ११ का जर्सी नम्वर ११ का रोमन भुजेलले १ गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएका थिए । तर, खेलको ६२ औं मिनेटमा संयुक्त यूवा क्लब सिमरियाका जर्सी नम्वर २ सुमन श्रेष्ठले १ गोल गर्दै आफ्नो टिमलाई फाइनलको यात्रा तय गराए ।

खेलको उत्कृष्ट खेलाडी संयुक्त यूवा क्लब सिमरियाका जर्सी नम्वर १७ का सुरेन्द्र खवासलाइ फरवार्ड माइक्रोफाइनान्स वित्तिय संस्था लि. दुहवीका अध्यक्ष भगवती चौधरीले नगद तिन हजार सहित मेडल, सिल्भर क्वाइन र प्रमाणपत्र प्रदान हस्तान्तरण गरेकी थिइन् ।

प्रतियोगिताको दोश्रो सेमी फाइनल खेल विहीवार विराटनगर ११ मोरङ र रोयल कलब सिलीगुडी दार्जलिङ भारतका विच हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =