नुवाकोट गोल्डकपमा रुपन्देहीलाई हराउँदै पुलिस सेमिफाइनल प्रवेश

नुवाकोट, २२ जेठ । नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बट्टारस्थित खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले रुपन्देहीलाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसलाई विजयी गराउन खेलको पहिलो हाफको ३० मिनेटमा अभिषेक रिजाल र दोस्रो हाफको ५५ र ८६ मिनेटमा सुमन लामाले दुई गोेल गरेका थिए ।

नेपाल पुलिसले अब फाइनल प्रवेशका लागि बिहीबार कास्की–११ सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार घरेलु टोली नुवाकोटले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =