लुक्लामा विमान दुर्घटना
२०७६ वैशाख १ गते

सोलुखुम्बु, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९: २० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ । रासस
२०७६ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








