विश्वकप फाइनलः इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै न्युजिल्याण्ड
२०७६ असार ३० गते

असार २९, काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक इंग्याल्याण्ड र न्यूजिल्याण्डबीच अहिले प्रतिस्पर्धा भइरहेको छ ।
लण्डनस्थित लड्र्स क्रिकेट मैदानमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ । इंग्ल्याण्डले बलिङ गर्नेछ ।
null
आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यसैले यस खेल जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्ने छ ।
उपाधि विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक बढी हो ।
यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८-८ लाख डलर पाउनेछन् ।
२०७६ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








