मोदीले ग्रहण हेर्दा लगाएकाे चम्माकाे मूल्य यती मंहगाे

पुस ११, भारत ।  बिहिबार नेपाल, भारतलगायत विभिन्न स्थानमा वलय खण्डग्रास सूर्यग्रहण देखियो ।  नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको थियो । सर्वसाधारण ग्रहण हेर्न निकै उत्साहित थिए । त्यस्तै उत्साहित थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि । यो कुरा उनी आफैंले भनेका हुन् । 

सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै उनले ट्वीटरमा लेखे, ‘थुप्रै भारतीय झैं म पनि सन् २०१९ को सूर्य ग्रहण हेर्न उत्साहित थिएँ । तर बादलका कारण देख्न सफल भइनँ । यद्यपि, मैले लाइभ स्ट्रिममार्फत् कोझिकोड (केरल) बाट ग्रहणको झलक देखेँ । ’ 

मोदीको यो ट्वीटपछि सोसल मिडियामा प्रतिक्रिया आउन बेरै लागेन । कतिले उनको फोटोमा मीम बनाइरहेका छन् भने कति प्रयोगकर्ताले उनले लगाएको चस्माको मूल्य खोजेर यो वेबसाइटको लिंक सेयर गरिरहेका छन् । 

ट्वीटरका एक प्रयोगकर्ताले भने, ‘यदि तपाईं जर्मन सपना बाँचिरहनुभएको छ भने यो जर्मनमार्फत् हेर्नुहोस् । मेब्याक जसको मूल्य भारु १.६ लाख पर्दछ । ’ उनले ह्याशट्याग गर्दै लेखेका छन् ‘ब्रान्डेडफकिर’ । 

ती प्रयोगकर्ताले तीनवटा फोटो सेयर गरेका छन् । पहिलो फोटोमा मोदीले चस्मामार्फत् बादलतर्फ हेरिरहेको देखिएका छन् । दोस्रो फोटोमा प्रयोगकर्ताले चस्मामा बनेको मेब्याक कम्पनीको लोगो देखाए । तेस्रो फोटोमा मेब्याकको मूल्य  २ हजार १ सय ५९ डलर बताइएको छ जुन करिब २ लाख ४५ हजार नेपाली रुपैयाँ हो । 

उनको यो ट्वीटमा अन्य प्रयोगकर्ताले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =