यी हुन् कालाे सूचीमा पर्ने ५८ वटा ठेकेदार कम्पनी जसले राज्यकाे अरबाैं लुटेका छन्

काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो ।
मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो । तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ ।
अनुगमन कार्यालयका अनुसार गत वर्षसम्म ५० वटा ठेकेदार कम्पनी तथा सप्लायर्स कालो सूचीमा राखिएको थियो भने यो वर्ष ८ वटा थपिएका छन् । समयमा काम नगर्ने कम्पनीलाई अनुगमन कार्यालयले सीधै कालो सूचीमा राख्न पाउँदैन । सम्बन्धित कार्यालयको सिफारिस आएपछि मात्र अनुगमन कार्यालयले कालो सूचीमा राख्ने कानुनी व्यवस्था छ । अख्तियारले एक हजार आठ सय ४८ आयोजना अलपत्र परेको र यसमा मोबिलाइजेसन पेस्कीबापत २० अर्ब रुपैयाँभन्दा बढी लिइएको सार्वजनिक गरे पनि आयोजनाका कर्मचारी र ठेकेदारबीचको मिलेमतोका कारण धेरै ठेकेदार कम्पनी कालो सूचीमा नपरेका हुन् ।

कालो सूचीमा पर्ने ठेकेदार कम्पनी:
खेमतारा कन्स्ट्रक्सन
सोमु कन्स्ट्रक्सन
जेबी इउनटी प्रालि
हिलारा कन्स्ट्रक्सन
जिएम कन्स्ट्रक्सनज प्रालि
थोदुङ/अजम्बर/शिवराम जेभी
द कञ्चनजंगा/लामा बिल्डर्स जेभी
लोकवीर एन्ड बेताली/नेपाल/प्रगति जेभी
लोहनी एन्ड ब्रदर/थोदुङ/सुरुचि जेभी
जोशी ब्रदर्स
बुस्ती निर्माण सेवा
आरबी सप्लायर्स
पिआर निर्माण सेवा
सीता निर्माण सेवा
एमके सृष्टि जेभी
नेपाल स्वाभिमान प्रालि
नेसनल बायोमेडिकल प्रालि
सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड लिमिटेड
चाइना सानिक्स कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप
दिनेश कन्स्ट्रक्सन
एलजिए कन्स्ट्रक्सन
के एनएस ट्रेडर्स एन्ड बिल्डर्स प्रालि
ग्लोबल बिजनेस सप्लायर्स
कृष्ण चतुर्भुज निर्माण सेवा
कृष्ण मञ्जु कन्स्ट्रक्सन
राना एन्ड पाख्रिन कन्स्ट्रक्सन
हिमाल मेडिसर्भ
लवमी जनरल अर्ड सप्लायर्स
आरएस निर्माण सेवा
प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालि
हिलपार्क कन्स्ट्रक्सन
पार्वती ट्रेडर्स
मनकामना सप्लायर्स
जिएम कन्स्ट्रक्सन प्रालि
दी आनन्द प्रालि
टाटागाउँ कन्स्ट्रक्सन प्रालि
एस बिए/प्रगति जेभी
नेपाल प्रगति/राप्ती/उच्च हिमालय जेभी
शुभ नवरंग कन्स्ट्रक्सन
महालक्ष्मी इन्जिनियरिङ वर्कसप प्रालि
कैलाशपति निर्माण सेवा एन्ड सप्लायर्स
सपना एन्ड सरोज कन्स्ट्रक्सन सप्लायर्स
कोस्टल/पप्पु जेभी
फ्रेन्ड्स निर्माण सेवा
सर्बउद्धार निर्माण सेवा
सर्बउद्धा/रफ्रेन्ड्स जेभी
इसान कन्स्ट्रक्सन
थोदुंग कन्स्ट्रक्सन प्रालि
बौद्ध निर्माण सेवा
कृष्ण निर्माण सेवा
अनमोल निर्माण सेवा
विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एन्ड सप्लायर्स प्रालि
गणेश निर्माण सेवा
लोकवीर/नरसिंह कालापानी जेभी
दाउने इन्जिनियरिङ बिल्डर्स
क्रिस्टल निर्माण सेवा
हुन्जाउ जोङचेन्ङ इलेक्ट्रोनिक कम्पनी
सेन्जयाङ फराड इलेक्ट्रोनिक कम्पनी








