आइपीएल: कोलकताको लगातार हार, चेन्नाई सबैलाई पछि पार्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आइतबार भएको पहिलो खेलमा शीर्ष स्थानको चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । सातौँ जितपछि चेन्नाईले ८ खेलबाट १४ अंक जोड्दै प्लेअफ यात्रा सहज बनाएको छ । उता कोलकताको भने यस सिजन यो चौथो हार हो । 

 

यस्तै चेन्नाई विरुद्ध खेलेको दुवै खेलमा कोलकता पराजित भएको हो । हारपछि पनि कोलकता दोस्रो स्थानमा यथावत नै छ । ८ खेलबाट ८ अंक जोडेको कोलकताले रनरेटमा मुम्बई, दिल्ली र पञ्जावलाई समान अंक भएपनि पछि पारेको छ । क्रिस लिनले अर्धशतक छायाँमा पार्दै सुरेश रैनाले अर्धशतक प्रहार गरेपछि चेन्नाईले कोलकताले दिएको १६२ रनको लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । 

null

रैनाले ४२ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५८ रन बनाए । यस्तै रविन्द्र जडेजाले १७ बल खेल्दै ५ चौकाको मद्दतमा नटआउट ३१ रन बनाए । यस्तै, फाप डु प्लेसिसले २४ तथा केदार जादवले २० रन बनाए । कोलकताका सुनिल नारिन र पियुष चावलाले २/२ विकेट लिए । नारिनले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे । त्यसअघि घरेलु मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले लिनको ८२ रन मद्दतमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । 

लिनले ५१ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । यस्तै नितिश रानाले २१ तथा कप्तान दिनेश कार्तिकले १८ रन जोडे । यसअघिका खेलहरुमा आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले ४ बलमा १० रन मात्र बनाए । चेन्नाईका इमरान ताहिरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । यस्तै शार्दुल ठाकुरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =