धरान प्रज्ञा प्रतिष्ठानद्वारा प्रतियोगितात्मक कविता गोष्ठि आयोजना हुँदै

“
धरान, जेठ २० । धरान प्रज्ञा प्रतिष्ठानले यहि जेठ २१ गते सोमबार (भोली) विद्यालय र क्याम्पस स्तरीय प्रतियोगितात्मक कविता गोष्ठि २०७५ आयोजना गर्ने भएको छ ।
प्रतियोगता जेष्ठ २१ गते धरान १ स्थित धुलिखेल समाज धरानको सभाहलमा आयोजना गरिने जनाइएको छ ।
शनिबार धरान १२ स्थित आरम्भ नाट्य डबलीको हलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितात्मक कविता गोष्ठि आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
धरानको साहित्यिक प्रतिभाहरुको संरक्षण तथा सम्बद्र्धन गर्नका लागि प्रतिष्ठानले तेस्रो कार्यक्रमको रुपमा कविता गोष्ठी आयोजना गर्न लागेको प्रतिष्ठानका धरान नगर सह–संयोजक तथा कार्यक्रमका संयोजक प्राध्यापक डा. भोलानाथ पोख्रेलले जानकारी दिए ।
प्रतिष्ठानले यसअघि धरान उपमहानगरस्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता र ललित कला अन्तर्गतको चित्रकला सम्बन्धी प्रतियोगिता समेत आयोजना गरिसकेको कार्यक्रम संयोजक पोख्रलले बताए ।
प्रतियोगिताको लागि यसअघि नै कविता पठाउन सहभागीहरुमा सुचाना जारी गरी ६२ वटा कविता आइपुगेको र ती मध्ये ३२ वटा कविता प्रतियोगिताका लागि छनौट भएको उनले जानकारी दिए ।
छनौट भएका ३२ कविता मध्ये विद्यालयको २३ वटा र क्याम्पसको ९ वटा रहेका छन् । कविता छनौट गर्ने तीन सदस्य निर्णायक मण्डली रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रतियोगितामा क्याम्पस र विद्यालय स्तरमा प्रथम हुने कवि र कवियत्रीलाई नगद १५ हजार, द्धितियलाई १० हजार, तृतियलाई ५ हजार र सान्तावना हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ ।
धरान उप–महानगरपालिका को दुई लाख रुपैयाँको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना हुन लागेको धरान प्रज्ञा प्रतिष्ठानका नगर संयोजक अम्बिका तुम्बाहाम्फेले जानकारी दिइन् ।
“








