दक्षिण कोरियामा अन्दाधुन्दा छुरा प्रहार, ५ को मृत्यु १३ घाइते

 

बैशाख ४, काठमाडौं । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ। 

यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन्। त्यस्तै अरु १३ जना छुरा प्रहारबाट गम्भिर घाइते भएका छन्। घाइते हुनेमा बालबालिका पनि रहेका छन्। 

null

एकजना स्थानीयले अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा उनले भाग्न खोज्ने नागरिकलाई छुरा हानेको बताइएको छ। 

अपार्टमेन्टको चौथो तल्लामा ती ४२ वर्षीय व्यक्ति बस्दै आएका थिए। उनले अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए। 

उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

अपार्टमेन्टमा लागेको आगो करिब २० मिनेटपछि निभाइएको थियो। ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो। बेरोजगार भएका कारण उनी दुखी भएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =