यस्तो रह्यो मकालु खबरको प्रथम वार्षिकोत्सव समारोह (फोटो फिचर)

जेठ १९, काठमाडौँ । अनलाइन पत्रकारितामा चुनौतीसँगै विभिन्न विक्रितिहरु भित्रिएको भन्दै त्यसबाट सचेत भएर पत्रकारिता गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले बताएका छन् ।

हिजो शुक्रवार मकालु खबरको प्रथम वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले इन्टरनेट र सोसल मिडिया मार्फत विज्ञान र प्रविधिले विश्वलाई एउटै मञ्चमा उभ्याई दिएपनि त्यसले विकृति पनि भित्रिएको बताए । ‘अनलाइन मिडियाले समाज र विश्वलाई एकत्रित गरे पनि त्यो सँगसँगै विकृति विसंगति पनि भित्रिएका छन्, त्यसलाई न्यूनिकरण गर्न पनि सबैलागि पर्नुपर्छ ।’ उनले भने ।

साथै मन्त्री पोखरेलले आजकल डिजिटल पत्रकारितामा पीत पत्रकारिता पार्टी पत्रकारिता मौलाएको भन्दै त्यसले समाज र राष्ट्रका लागि दिने सन्देश सही नहुने जिकिर गरे । ‘आजकल पीत पत्रकारिता, पार्टी पत्रकारिता, लाभ पत्रकारिता, स्वार्थ पत्रकारिता मौलाएको छ, यो बाट टाढा रहेर समाज र देशका लागि पत्रकारिता गर्न जरुरी छ ।’ उनले भने ।

मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले अब अनिवार्य शिक्षा कार्यक्रम लागू गर्ने तयारीमा लागेको भन्दै राष्ट्र र समाजका लागि योगदान गर्दै आउनुहुने व्यक्तित्वहरूले विद्यालय जानबाट वञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गर्न समेत आग्रह गरे ।

‘अझैपनि तीन लाख बालबालिकाहरू विद्यालयसम्म जान सकिरहेका छैनन्, तीनलाई विद्यालयसम्म र्पुयाउनका लागि तपाइहरू जस्तो सामाजिक व्यक्तित्वको आवश्यक्ता छ, हरेक एक जनाले एक बालबालिकालाई विद्यालयमा भर्ना गरिदिऊँ र सरकारको अभियानमा सहयोग र्पुयाउँ’ उनले भने ।

कार्यक्रममा समाज र राष्ट्रलाई विभिन्न क्षेत्रबाट विशिष्ट योगदान र्पुयाउन भएका चार व्यक्तित्वलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा शिक्षा क्षेत्रबाट पृथ्वी नारायण क्याम्पस पोखराका संरक्षक, ४५ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरत रूपमा लाग्नु भएका शिक्षा सेवी जोर्ज जोन, महिला शशक्तिकरणकी अथक योद्धा, लघुवित्त कार्यक्रम मार्फत दुई लाख बढी महिलालाई आर्थिक सवलीकरणमा सहयोग र्पुयाउनु भएकी फरवार्ड नेपालकी अध्यक्ष भगवती चौधरीलाई सम्मानित गरिएको थियो ।

त्यसै गरी निजी क्षेत्रबाट स्वास्थ्य सेवा र शिक्षामा समर्पित भई ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाबाट बिमुख भएका लाखौँ  नेपाललीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने तथा गरिब, असहाय, कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई निःशुल्क मेडिकल शिक्षा उपलब्ध गराउनु भएका समाजसेवी नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई समेत सम्मानित गरिएको थियो, भने कला र सङ्गीत मार्फत नेपाली कला सङ्गीतमा चार दशकदेखि योगदान र्पुयाउनु भएका सङ्गीतकार, रचनाकार शक्ति वल्लभलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले समाज र राष्ट्र निर्माणमा सबै क्षेत्रबाट एक अर्कोले हातेमालो गरेर अगाडी बढ्न जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सूचना र सञ्चारको क्षेत्रमा मकालु खबरले १ वर्षको अवधिमा गरेका कामहरू सराहनीय रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल टेलिकमका डेपुटी मेनेजर गणेश चौधरी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मकालु खबरका तीन सञ्चारकर्मीलाई ‘पफरमेन्स अफ दि इयर’ अवार्ड दिइएको थियो । यसरी सम्मानित हुनेहरुमा भ्याली बाहिरबाट धरानका भरतराज शर्मा, डेक्स इडिटर गोमा परियार र लेखा प्रमुख सोनी मर्हजनलाई सम्मान गरिएको थियो । मकालु खबरलाई विभिन्न प्रकारका सल्लाह सुझाव प्रदान गर्नुहुने सङ्घ संस्था र व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक सुमित खड्का तथा शिव कैलाश कला केन्द्रका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको समापन गर्दै शुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप डिसीले एक वर्षको दौरानमा मकालु खबर प्रति पाठकले देखाएको विश्वास र मायाले अगाडी बढ्न प्रेरित गरेको बताए । उनले आगामी दिनमा मकालु खबरलाई टेलिभिजनको अवधारणामा लैजाने योजना रहेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यस्ता छन् मकालु खबरले सम्मानित गरेका ब्यक्तित्वहरु (भिडियो)

https://www.youtube.com/watch?v=qCBTGfCXRtA”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =