अमेरिकालाई महिला विश्वकपको उपाधि

एजेन्सी । महिला विश्वकपको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ । आइतबार भएको फाइनलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि रक्षा गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

 

दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् । 

null

अमेरिकाको यो चौथो उपाधि हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको नेदरल्यान्ड भने उपविजेता मै सिमित भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =