यसरी बच्न सकिन्छ आत्महत्याको सोचबाट

माघ ८, काठमाडौं ।  झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को तथ्यांकले जनाएको छ। 

प्रहरीको तथ्याङ्कले नेपालमा आर्थिक वर्ष २०७३ ७४ मा पाँच हजारको हाराहारीमा आत्महत्या भएको थियो भने गत आर्थिक वर्षमा त्यो सङ्ख्या बढेर पाँच हजार ७८५ पुग्यो। अर्थात् नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन्। 

विश्वव्यापी रूपमा नै जनस्वास्थ समस्या बनिरहेको आत्महत्याको सुरुवाती लक्षण भनेको उदास वा दुखि रहने, सकारात्मक सोच नरहने र डिप्रेसनमा जाने  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझाले बताए। 

Image result for आत्महत्या

उनका अनुसार हरेक व्यक्तिको जिवनमा तनावहरु आउँछन् त्यसलाई सकरात्मक तरिकाले बहन गर्न नसक्दा आत्महत्याको सोच आउने गर्दछ । कहिलेकाहि आफ्नो जिवनमा विभिन्न घटनाहरुले गर्दा बाच्नँ मन नलाग्ने मन खुशि नहुने, आत्मविश्वास वा आत्मसम्मान कमजोर भएको महशुस हुन्छ त्यस्तो अवस्थामा मनोबिद् वा आफन्तहरुसँग यस्तो कुरा गरेमा आत्महत्याको सोच विकास भएपनि आफै कम भएर जान्छ ।   

कोेहि व्यक्तिले मर्ने कुरा गरे त्यसको कारण खोजेर पारिवारिक सामाजिक सहयोग गर्न सकिएमा पनि यो कम गर्न सकिन्छ । साथै मादक पदार्थ तथा लागु औषध सेवन गर्नु पनि आत्महत्याको प्रमुख कारण मानिन्छ । यी वस्तुहरुबाट टाढा रहेमा पनि आत्महत्या कम हुने प्रा. डा ओझाले बताए ।   

उनी भन्छन् कुनै व्यक्तिको आर्थिक नोक्सानी भएर त्यो अवस्थाको सामना गर्न नसक्दा पनि आत्महत्याको सोच आउँन सक्छ ,त्यस्तो अवस्थामा मनोसामाजीक परामर्शकर्ताहरुसँग काउन्सिलिङ र कहिलेकाहि औषधिको सेवन गरेमा पनि आत्महत्यालाइ रोकथाम गर्न सकिन्छ ।   

कुनै व्यक्तिमा आत्महत्याको सोच आउँदैमा आत्महत्या गरिहाल्दैँन तर कहिलेकाहि डोरीमा झुन्डिने, किटनाशक औषधि खाने गरेको पाइन्छ । यसको पनि नियन्त्रण हुन जरुरी छ । साथै निशुल्क हटलाइनको सुविधा परामर्शदाताहरुलाई त्यो सम्बन्धि तालिम दिएर यसको रोकथामका लागी पहल गरेमा आत्महत्यालाई कम गर्न सक्ने उनले बताए  । बिबिसीबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =