अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने गोर्खा भूतपूर्व सैनिक संघको चतावनी

मंसिर १९, धरान । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) केन्द्रीय कार्यालय ललितपुरले गोर्खाहरुको अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।
संघले बुधबार सुनसरीको धरान १० स्थित रहेको होटल ड्रिम ल्याण्डमा पत्रकार सम्मेलन गर्दै आफ्नो १३ बुँदे माग पुरा नभएसम्म आन्दोलन चर्काइ रहने जानकारी गराएको हो ।
null
संघले बेलायतले एउटा सार्वभौम नागरिकको रुपमा गोरखा सैनिकहरुलाई पक्ष विपक्षको व्यवहार नगरी समानताको सिद्धान्तका आधारमा व्यवहार गरिनुपर्ने, अवकाश प्राप्त गरेपछि पाउने पेन्सन ‘भारतीय रिर्जव बैंक’ मार्फत नेपाल पठाइने गरिएकोमा सिधै नेपाल राष्ट्र बैकमा पठाउनुपर्ने र गोरखा सैनिकहरुको हकमा भने अलग्गै नागरिकता सम्बन्धी व्यवस्था गरेर उनीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरिनुपर्ने लगायतका १३ बुँदे माग राखेको छ।
पत्रकार सम्मेलनमा संघका सभापति कृष्णकुमार राईले ब्रिटिस साम्राज्यको तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध लगायत विभिन्न युद्धमा मरिएका, घाइते भएका र हराएका हरूका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने पनि बताए ।
राईका अनुसार, विश्वयुद्ध लगायतका युद्धहरुमा मरिएका, घाइते भएका र हराएकाको बीर गोर्खालीहरुको यकिन तथ्याङ्क समेत नेपाल सरकारसँग स्वयम् नरहेकोले यस्ता समस्या उत्पन्न भएको हो ।
पत्रकार सम्मेलनमा सन् १९८६ अप्रिलको अन्तिम साता अमेरिकाको हवाई टापु पुगेको बेला १ सय ११ जनामाथि चरम अन्याय र अमानवीय व्यवहार गरिएकोमा तिनीहरुलाई क्षतिपूर्ति पेन्सन दिइनुपर्ने पनि माग गरिएको छ ।
गोरखा सैनिकहरुलाई बेलायती सैनिक सरहको स्वास्थ्य सुविधाहरु नेपालमै उपलब्ध गराउनुपर्ने पनि राईले सम्मेलनमा माग गरे । गोरखाका सन्तानहरुलाई विनाशर्त र विना शुल्क आवासीय अधिकार, दिवंगत गोरखा सैनिकहरुका विधुवालाई पेन्सनको व्यवस्था गरिनुपर्ने, गोरखा कल्याणकारी कोष गोरखा सैनिक र तिनका परिवारको लागि प्रयोग गरिनुपर्ने, बेलायतमा बसोबास गरिरहेका गोरखा ‘भेट्रान’ हरुलाई नेपाल आउने समय ९० दिन नै कायम गरिनुपर्ने लगायतका माग राखिएको छ ।
गोर्खालीहरुको माग र तीनका समाधानका साथै राष्ट्रिय मुद्धा बनाएर समेत समय–समयमा सम्बन्धित निकायसँग कुराकानीहरु भईरहेको र त्यसका लागी संघको आन्दोलनको बारेमा संसद र सरकारमा आवाज उठाउनका निम्ति भर्खरै मात्र ताप्लेजुङका सासंद योगेश भट्टराईको संयोजकत्वमा २१ सदस्यीय संसदीय सहयोग समिति समेत निर्माण गरेको राईले जानकारी दिए ।
राईले यी र यस्ता मुद्धाहरु कार्यान्वयन हुनेमा आफूहरु आशावादी रहेको र त्यसका लागि पत्रकारहरुले समेत आ–आफ्नो तर्फबाट संघको आन्दोलमा सहयोगी भुमिका निभाइदिन आग्रह गरे । सोही कार्यक्रममा धनकुटाबाट संघीय सासंदमा प्रतिनित्व गर्ने राजेन्द्र राईले बिर गोर्खाली जवानहरुलाई बेलायतले भाडाको रुपमामात्र प्रयोग गरेकोप्रति आपत्ति जनाएका छन् ।
उनले नेपाली वीर गोर्खालीहरुले लाखौँको संख्यामा बेलायतमा ज्यान गुमाइसकेको र संघले उठाएको मुद्धामा नेपाल सरकारले बेलायत सरकारसँगको मुद्धाको बारेमा वार्ता गर्नुपर्नै तर्क गरे ।
०४७ सालमा पद्धम बहादुर गुरुङको नेतृत्वमा स्थापना भएको गोर्खा भुतपुर्व सनिक संघको हालको अध्यक्ष कृष्ण कुमार राई रहेका छन् ।








