निसानको ‘फेस्टिभ ड्राइभ’ योजनाका विजेता घोषणा, १० जनाले पाए मलेशिया घुम्ने अवसर

फागुन १३, काठमाडौं । पायोनियर मोटो कर्पले चाडपर्वमा ल्याएको ‘फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत १० जना विजेता घाेषित भएका छन् । 

नेपालमा निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियरले चाडपर्वको उपलक्ष्यमा ल्याएको उक्त योजना अन्तर्गत लक्की ड्र मार्फत् १० जना विजेता घोषणा गरेको हो ।  

१० जना भाग्यशाली विजेताहरुले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाएका छन् ।  

पायोनियरले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ योजना ल्याएको थियो । यस योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिन मौका पाएका थिए । लक्की ड्र मार्फत् विजेता हुनेमा जगन्नाथ खड्का, राजकुमार श्रेष्ठ, कुमार भट्राई, दिपक चालिसे, बुद्धि तामाङ, सेगमराज सिफान, सिताराम चुहान, बुद्धिमान बलामी, गोविन्द बहादुर गहतराज, सुरेश केसी, शिवशक्ति स्टोर, संगम ढुवानी सेवा र विष्णु पौडेल रहेका छन् ।  

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिकी गरिरहेको छ भने चाडैनै निसान को नयाँ इलेक्ट्रिक गाडी लीफ पनि नेपालमा भित्र्याउने तयारी गरिरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =