१० खेलाडीमा सीमित इक्वेडर चिलीसँग पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलको समूह ‘सी’मा रहेको चिलीले इक्वेडरलाई पराजित गरेको छ । सुरुदेखि नै आक्रामक खेलेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । खेलको ८ औं मिनेटमा जोसे पेड्रोले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । भने, २६ औं मिनेटमा बराबरी गोल खान पुगेको थियो । 

 

चिलीका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टी मार्फत इक्वेडरका इरन रेमबर्टोले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णायक गोल चिलीले दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ ले अघि बढेको थियो । 

null

त्यो अग्रतालाई चिलीले अन्तिम समय सम्म जोगाउँदै लगातार दोस्रो जित हात पार्न सफल भयो । इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो । उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यो समूहमा उरुग्वे दोस्रो स्थानमा छ भने जापान तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =