दाङ: झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दै

दाङ, जेठ १३ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दैछ ।

झाडापखालाका कारण झण्डै चारसय जना बिरामी भएका छन् । बिरामी परेका ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित अरु उपचापछि घर फर्किएका छन् ।

बिरामी ५० जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा र अर्का एकजनालाई नेपालगन्जमा उपचारका लागि  लगिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो ।

खानेपानी अभाव भएपछि खोलाको ल्याएको दुषित पानी पिउँदा गाउँमा झाडापखाला फैलिएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =