गर्मी ह्वात्तै बढ्यो, ‘जवजिवन प्रभावित’ काठमाडौ लगायत पश्चिम तराईमा अझै बढ्ने
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ १३ । मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू भागमा गर्मी ह्वात्तै बढेको हो ।
मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो ।
पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ ।
मनसुन सुरु नभएसम्म काठमाडौं उपत्यकामा पनि गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद समीर श्रेष्ठले बताए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








